
काठमाडौँ : भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हात मिलाइरहँदा प्रधानमन्त्री पत्नी सीता दाहालको 'पोजिसन'को आलोचना भएको छ।
गार्ड अफ अनर ग्रहण गर्ने क्रममा पधानमन्त्री र उनकी पत्नीलाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गरेका थिए। स्वागतकै क्रममा सीताको पोजिसन चेन्ज भयो जसका कारण सीताले आलोचना खेप्नु परेको छ।
फोटो : AP Photo/Manish Swarup
कसरी पोजिसन चेन्ज भयो सीताको?
दिल्लीमा रहेका पत्रकार सविन धमलाका अनुसार भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्ड र सीता नेपाली झण्डा फहराउँदै आइपुगे। उनीहरुलाई केही समयदेखि भारतीय प्रधानमन्त्री पर्खिराखेका थिए। जब गाडी रोकियो, दाहिने तर्फबाट प्रधानमन्त्री प्रचण्ड झरे र मोदीसँग हात मिलाए।
प्रधानमन्त्री पत्नी सीता गाडीको देब्रेतर्फबाट बाहिरिइन् र गाडीको पछाडिको भागबाट आएर मोदीलाई भेटिन्। मोदीले नमस्कार गर्दैगर्दा प्रचण्ड पत्नी सीताले भने हात दिइन्। दुवैले हात मिलाए।
त्यसपछि मोदी र प्रचण्डबीच कुराकानी भयो। राष्ट्रपति भवनमा रहेका सुरक्षाकर्मीहरुले फोटो खिच्न सहजता प्रदान गर्न सीतालाई आग्रह गरे। मोदीले पनि हातले सीतालाई इशारा गरे। तर प्रधानमन्त्री पत्नी सीताले इशारा बुझिनन् र उनी मोदीको तर्फ बढिन्। उनी अगाडिबाट हटेर प्रधानमन्त्री प्रचण्डको साइडमा उभिनुको साटो मोदी भएको साइडतर्फ पुगिन्, जसका कारण उनको पोजिसन चेन्ज भयो।
सामाजिक सञ्जालहरुमा उनको पोजिसनलाई लिएर आलोचना भएको छ। त्यसो त उनले हाँत बाँधेर बसेको विषयलाई लिएर पनि आलोचना भएको छ।
प्रचण्डले भारत जाँदा सीता हैन गीता बोकेर जानुपर्ने हो खासमा अनि त्यई गीता छुवाएर अबदेखि नाकाबन्दी गर्ने छैन भनेर कसम खिलाउनु पर्ने हो ।
— सुनिल नेपाली श्रेष्ठ (@SuniShubham) September 16, 2016

AFP PHOTO / Prakash SINGH
परराष्ट्रका अधिकारी रमाइलोका लागि भारत गएका हुन्?यस्तो अशोभनीय स्थितीका लागि कसैलाई कारवाही हुन्छ? @Hello_Sarkar pic.twitter.com/7JgO4DtUjI
— Sharad Raj Pathak (@SharadRPathak) September 16, 2016
तर सीताको पक्षमा पनि सामाजिक सञ्जालमा टिप्पणीहरु आएका छन्।
सीता दाहालको अासन र नीरासा मात्र देख्छ समाज, उनको थातथलो, गाउँघरमा हुर्कनुका दुख, दुनिया नचिन्नुका कारण कसैले खोतल्दैनन्, बुझ्दैनन् सायद॥
— Lilprakash Chand (@lilprakash) September 16, 2016
ए बाबा कति खोईरो खन्या के... हैन सीता दाहल ले ग्वाम्मै मोदीको गालामा चुम्मा खान पर्थ्यो हो ! पहाडे मौलिकता जोगायो भन्नुस् । 😂
— लोडसेडिङ (@it_sashi) September 16, 2016