PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

हवार्इ इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घट्यो, अरु पेट्रोलियमको मूल्य यथावत



पहिलोपोस्ट

हवार्इ इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घट्यो, अरु पेट्रोलियमको मूल्य यथावत

काठमाडौं : आयल निगमले हवार्इ इन्धनको मूल्य घटाएको छ। निगमले आन्तरिकतर्फ लिटरमा पाँच रुपैयाँ मूल्य घटाएको हो।
 
निगमका प्रवक्ता भानु खनालले चाडपर्वमा उपभोक्तालार्इ सहुलियत दिन हवार्इ इन्धनको मूल्य घटाएको जानकारी दिए।
 
आन्तरिकतर्फ हवार्इ इन्धनको मूल्य ९४ रुपैयाँ प्रतिलिटर कायम भएको छ। अन्तर्राष्ट्रियतर्फ भने प्रतिकिलो लिटर ५० डलर घटेकाले अब हवार्इ इन्धनको मूल्य प्रतिकिलो लिटर ८ सय ३१ डलर कायम भएको छ।
 
निगमका प्रवक्ता खनालले अरु पेट्रोलियम पदार्थको मूल्य तत्काल नघट्ने बताए। 'चाडपर्वका लागि हामीले ग्यास र हवार्इ इन्धनको मूल्य घटाइसकेका छौं,' उनले भने, 'तत्कालै अरु पेट्रोलियम पदार्थको मूल्य घट्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell