PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

बलिउड अभिनेत्री विद्या बालनलाई डेङ्गूको संक्रमण



पहिलोपोस्ट

बलिउड अभिनेत्री विद्या बालनलाई डेङ्गूको संक्रमण

बलिउड नायिका विद्या बालनलाई डेङ्गूको संक्रमण भएको छ। आफ्नो नयाँ प्रोजेक्टका लागि काम गरिरहेकी उनी स्वास्थ्य समस्याका कारण केही समय विश्राममा छिन्।

हाल दुई फिल्मको सुटिङमा व्यस्त उनी 'कहानी २' को लागि अमेरिका पुगेकी थिइन्। अमेरिकाबाट फर्किएपछl उनलाई डेङ्गू भएको बलिउड हंगामाले जनाएको छ। डाक्टरले उनलाई १० दिनसम्म 'बेड रेस्ट'का लागि सुझाव दिएका छन्।

कहानी फिल्मको सिक्वेल 'कहानी २' मा विद्यासँग अर्जुन राम्पालले स्क्रिन शेयर गर्दैछन्। फिल्म नोभेम्बर २५ मा सार्वजनिक हुने भनिए पनि छायांकन बाँकी भएकाले प्रदर्शनको मिति सारिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell