PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

सञ्चिता र जीवनको जोडीका लागि फूल र जूनतारा नै बेकार!



पहिलोपोस्ट

सञ्चिता र जीवनको जोडीका लागि फूल र जूनतारा नै बेकार!

काठमाडौं : तिहारमा रिलिजको मिति तोकिएको फिल्म 'राधा'को नयाँ गीत सार्वजनिक भएको छ ।
 
डा. कृष्णहरि बरालले लेखेको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् भने स्वरचाहिँ राजेश पायल राईको छ।
 
'फूल सारा बेकार छन् जून तारा बेकार छन्' बोलको गीतले छुट्टै मेलोडी बोकेको छ। गीतका शब्दमा माया-प्रेमभन्दा ठूलो अरु केही होइन भन्दै एउटा प्रेमीले आफ्नो प्रियको प्रशंसा गरेको पाइन्छ। यसमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने सिनेमाटोग्राफी मानकृष्ण महर्जनको हो।
 
योगेश घिमिरेको निर्देशनमा बनेको फिल्ममा सञ्चिता लुइँटेल र जीवन लुइँटेलले जोडी बाँधेका छन्।
 
हेर्नुस् गीत-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell