काठमाडौं : सुनसरीको कोसी नदीमा डुंगा पल्टिँदा हराएका ३५ भन्दा बढी यात्रुमध्ये २३ जनाको उद्धार गरिएको छ।
कोसीटप्पुको पश्चिममा पर्ने श्रीलंका टापुबाट प्रकाशपुर राजावास आउँदै गरेको डुंगा पल्टिएको हो। डुंगामा ३५ भन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ।
घटनापछि प्रहरीले २३ जनाको भने सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पोषराज पोखरेलले पहिलोपोस्टलाई बताए। उनका अनुसार पल्टिएको डुंगाको केही अंश देखिएकाले उद्धार कार्य जारी गहेको छ।
घटनास्थलमा अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानीय जुटेका छन्। उद्धारका लागि दुई वटा डुंगा प्रयोग गरिएको छ।