PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

आजदेखि सुपथ मूल्य पसल : उपत्यकाबाहिर २३ ठाउँमा पनि छुटैछुट



पहिलोपोस्ट

आजदेखि सुपथ मूल्य पसल : उपत्यकाबाहिर २३ ठाउँमा पनि छुटैछुट

काठमाडौं : दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले आजदेखि उपत्यका र उपत्यकाबाहिर पनि 'सुपथ मूल्य पसल' सञ्चालनमा ल्याएको छ।
  
नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले संयुक्त रुपमा सुपथ मूल्का बिक्री कक्ष सञ्चालनमा ल्याएका हुन्।
 
आजदेखि सुरु भएको पसल कात्तिक २२ गतेसम्म सञ्चालन हुने आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए। उपत्यकामा चक्रपथ आसपास मुख्य बजार क्षेत्रमा तीन वटा गाडीद्वारा घुम्ती सेवाका पसल पनि सञ्चालनमा ल्याइने उनले जानकारी दिए। ती पसलमा एक जनालाई ३ केजी नुन र ६ केजीसम्म चिनी उपलब्ध गराइनेछ।
 
ती कक्षमा साल्ट ट्रेडिङ कर्पोरेशनले चिनी र नुनमा प्रतिकेजी रु ५ र रु २ छुट दिएको छ। खानेतेलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ राखिएको छ। यहाँ कर्पोरेशनले ७८ प्रकारका खाद्यवस्तुमा छुट दिएको छ।
 
खाद्य संस्थानले चामल र गेडागुडीमा प्रतिकेजी १० रुपैयाँसम्म छुट गरेको छ। संस्थानका अञ्चल र शाखा कार्यालयहरुले पनि उपत्यकाबाहिरका २३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरेका छन्। 
 

कहाँ छन् सुपथ पसल?

  • थापाथली
  • सिंहदरबार (रामशाहपथ)
  • बल्खु
  • टेकु
  • बुढानीलकण्ठ (नारायणथान)
  • जावलाखेल
  • नख्खु
  • जडीबुटी (कोटेश्वर)
  • सूर्यविनायक (भक्तपुर)
  • बौद्ध
  • सतुंगल
  • नयाँबानेश्वर
  • कालिमाटी

 उपत्यकाबाहिर कहाँ?

  • त्रिशूली
  • बनेपा
  • बिर्तामोड
  • विराटनगर
  • राजविराज
  • लाहान
  • जनकपुर
  • वीरगन्ज
  • हेटौंडा
  • नारायणगढ
  • पोखरा
  • बाग्लुङ
  • भैरहवा
  • टीकापुर
  • कृष्णनगर
  • दाङ
  • सुर्खेत
  • नेपालगन्ज
  • धनगढी
  • महेन्द्रनगर
  • दिपायल
  • डडेल्धुरा
  • बेलौरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell