PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

अरुको एजेन्डाका लागि संविधान संशोधन हुँदैन : केपी ओली



पहिलोपोस्ट

अरुको एजेन्डाका लागि संविधान संशोधन हुँदैन : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताएका छन्।
 
मोतीदेवी जेष्ठ नागरिक आवास गृहको आज नागार्जुन नगरपालिका–१० भीमढुङ्गामा उद्घाटन गदै उनले संविधान संशोधन नेपाली जनतालाई मान्य र स्वीकार्य हुने खालको हुनुपर्ने बताए। संविधान अनेकथरीसँग सम्झौता गरेर बनाइएकाले अहिले केहीले देशभित्र र बाहिर संविधान संशोधन र स्वीकार्य भन्ने शब्द चटकी र षड्यन्त्रपूर्वक रुपमा उठाइरहेको उनको भनाइ छ।
 
अरुको एजेन्डामा संविधान संशोधन गर्ने प्रयास भइरहेको बताउँदै त्यसलाई नेपाली जनताले स्वीकार नगर्ने उनले बताए। ‘जहाँसुकै सम्झौता होस् जुनसुकैसँग होस् तर नेपाली जनताले राष्ट्रिय हितका लागि काम गर्छन्’उनले भने,‘हामी त्यस्ता जुनसुकै ठाउँमा नेपालको हितविपरीत जोसँग सम्झौता गरे पनि कार्यान्वयन हुन दिनेछैनौँ।’
 
अध्यक्ष ओलीले नेपाल देश नेपालीले नै चलाउने बताउँदै अरुको आवश्यकता नपर्ने जिकिर समेत गरे। अहिलेको सरकारले अर्काको एजेन्डाको भारी बोकेको र राजनीतिक रुपमा द्वन्द्व र भिडन्तमा देशलाई लैजान खोजेको आरोप लगाए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell