PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

ट्युमरको शल्यक्रियाका लागि पूर्वराष्ट्रपति यादव अमेरिका जाँदै



पहिलोपोस्ट

ट्युमरको शल्यक्रियाका लागि पूर्वराष्ट्रपति यादव अमेरिका जाँदै

काठमाडौं : प्रोस्टेटमा ट्युमर भएपछि पीडित पूर्वराष्ट्रपति डा. रामवरण यादव उपचारका लागि आज अमेरिका जाँदैछन्। अमेरिकास्थित मिचिगन राज्यको डेट्रोइट सहरस्थित हेनरी फोर्ड अस्पतालमा असोज १० गते उनको ट्युमरको शल्यक्रिया हुनेछ।
 
अघिल्लो महिना भारतमा उपचार गराउँदा उनको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो।
 
उपचारका लागि अमेरिका प्रस्थान गर्नुअघि आज एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति यादवले चिकित्सकले ट्युमर जतिसक्दो चाँडो सुरक्षितरुपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको रायअनुसार आवश्यक उपचारका लागि अमेरिका जान लागेको जानकारी गराएका छन्।

सबै नेपालीको कामनाले आफू चाँडो स्वस्थ भई स्वेदश फर्किएर देशको सेवामा लाग्ने उनले विज्ञप्तिमा भनेका छन्। पूर्वराष्ट्रपति यादवले उपचारका लगि आर्थिक एवम् प्रशासनिक सहयोग गरिदिएको भन्दै नेपाल सरकारलाई समेत धन्यवाद समेत ज्ञापन गरेका छन्। उनको उपचारका लागि भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले गएको साउन २१ गते १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell