PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

पर्सामा हात्तीको आक्रमणबाट एकको मृत्यु, ठोरीमा बाघको आतंक



पहिलोपोस्ट

वीरगन्ज : जंगली हात्तीको अक्रमणबाट पर्सामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेका मधुवन मथवल गाविस-६ बस्ने ५० वर्षीय रामचन्द्र चौधरी रहेका छन्।
 
पर्सा प्रहरीले उनको शव आज बिहान ७ बजे सोही गाविसको वडा नं ५ पर्ने शिवधाम मन्दिर नजिक फेला पारेको हो। सिद्धपुर गाउँभन्दा उत्तर रहेको सो मन्दिरमा सहायक पुजारीको काम गर्दै आएको चौधरी बिहीबार रातिदेखि बेपत्ता थिए। हात्तीले बिहीबार राति नै चौधरीलाई कुल्चेर मारेको गाउँलेको अनुमान छ।
 
पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले पनि उनको मृत्यु हात्तीकै आक्रमणबाट भएको पुष्टि गरे। घटना स्थलमा हात्तीको खुट्टाको चिह्न भेटिएको  र चौधरीको छाती तथा पेटमा हात्तीले कुल्चिएको चोट भेटिएको उनले बताए। 
 
उता, पर्साको सुदूरपश्चिम गाविस ठोरीमा दुई दिनदेखि जंगली बाघको त्रास फैलिएको छ। साँझको समयमा बाघ आएर गाईबस्तु तथा मानव बस्तीमा आक्रमण गर्न थालेको स्थानीयले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell