PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

झाकडी जलविद‍्युतमा प्रचण्डको डेढ घन्टा

झाकडी जलविद‍्युतमा प्रचण्डको डेढ घन्टा

पहिलोपोस्ट /पहिलोपोस्ट


हिमाञ्चल : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यहाँको झाकडी परियोजना अवलोकन गरेका छन्। हेलिकप्टरबाट परियोजनाको परिसरमा रहेको हेलिप्याडमा उत्रिएका उनले १ हजार ५ सय मेगावाट क्षमताको नाथपा झाकडी पावर स्टेसन र त्यसको पावरहाउस हेरे। उनले डेढ घन्टा पावरहाउसमा विताएका थिए।

प्रचण्डलाई स्वागत गर्न हिमाञ्चलका ऊर्जा मन्त्री सुजान सिंह पुगेका थिए। २७ किलोमिटर लामो सुरङबाट पानी ल्याएर निर्माण गरिएको यो आयोजनाबारे उनलाई ब्रिफ गरिएको थियो।

यही आयोजना निर्माण गरेको सतलज जलविद्युत निगमले नेपालमा अरुण तेस्रोको ठेक्का पाएको छ। प्रधानमन्त्री प्रचण्डलाई सतलजका अधिकारीहरुले नेपालमा आयोजना पूरा गर्ने प्रतिवद्धता जनाएका थिए। भारतीय मिडियाले प्रचण्डको यो अवलोकनलाई मिडियाको पहुँचभन्दा पर राखेको जनाएका छन्।

सतलजले मार्च महिनासम्म नेपालको अरुण ३ का लागि लगानीको स्रोत देखाइसक्नु पर्ने म्याद भए पनि नाकाबन्दी र भूकम्पलाई कारण देखाउँदै फाइनान्सियल क्लोजरको म्याद बढाउन लगानी बोर्डसमक्ष प्रस्ताव गरिसकेको छ।
 
सतलजले सन् २००८ मै अरुण तेस्रोका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको थियो।

आज सतलजका अध्यक्ष तथा प्रवन्ध निर्देशक आर एन मिश्रसमेत प्रधानमन्त्री प्रचण्डसँगै हिमाञ्चल पुगेका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell