PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

ठूलो क्षमताको प्रसारण लाइन बनाइने, चुहावट नियन्त्रण मुख्य कार्ययोजना



पहिलोपोस्ट

ठूलो क्षमताको प्रसारण लाइन बनाइने, चुहावट नियन्त्रण मुख्य कार्ययोजना

काठमाडौं : सरकारले हाल प्रचलनमा रहेका साना तथा मझौला क्षमताका प्रसारण लाइनको सट्टामा ४ सय केभीदेखि ७६५ केभी क्षमताका ठूला प्रसारण लाइन निर्माण गर्ने कार्यलाई अभियानका रुपमा अगाडि बढाउने भएको छ। प्राधिकरणले हाल ११ केभीदेखि ४ सयकेभी क्षमताका मात्रै प्रसारण लाइन निर्माण गरिरहेको छ। 

एकाध वर्षभित्र १० हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएकाले ठूलो क्षमताको प्रसारण राजमार्ग जरुरी रहेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले बताए। नदीको क्षमता अनुसार उत्तर–दक्षिण जोड्ने उच्च भोल्टेज क्षमताका प्रसारण लाइनको निर्माण कार्य थालनी गर्ने र मध्य पहाडी राजमार्गको निश्चित खण्डमा पनि उच्च भोल्टेजका प्रसारण लाइन निर्माण गरिने सरकारको लक्ष्य रहेको सहसचिव घिमिरेको भनाइ छ। 

यस्तै चुहावट नियन्त्रण एवम् ऊर्जा दक्षता कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्ने सरकारको योजना रहेको छ। प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणलाई प्रमुख कार्ययोजनाका रुपमा अगाडि सार्ने कार्यसूची सार्वजनिक गरेका छन्। 

केन्द्रीय प्रसारण लाइनमा प्रवाह हुने विद्युत्मध्ये २५ प्रतिशत विद्युत् चुहावट हुने प्राधिकरणको भनाइ छ। चुहावट मात्रै नियन्त्रण गर्न सके २५० मेगावाट बराबरको विद्युत् जोगाउन सकिने प्राधिकरणको भनाइ छ। 

यस्तै प्राधिकरणको बक्यौता पनि रु १० अर्ब रहेको छ। बक्यौता एवम् चुहावट नियन्त्रणलाई अभियानका रुपमा अगाडि बढाउने र सो अभियान निरन्तर राख्ने मन्त्रालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell