PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​तेस्रो एनभीए कप भलिबल : सेमिफाईनलमा पुलिस र टप्स तथा न्युडायमण्ड र एपीएफ भिड्ने



पहिलोपोस्ट

​तेस्रो एनभीए कप भलिबल : सेमिफाईनलमा पुलिस र टप्स तथा न्युडायमण्ड र एपीएफ भिड्ने

काठमाडौं : विभागिय प्रतिष्ठाको लडाईँमा आर्मीलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा पराजित गर्दै नेपाल पुलिस राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको क्वाटरफाइनलम खेलमा पुलिसले आर्मीलाई २५–२२, २४–२६, २०–२५, २५–१९ र १५–५ ले हरायो। 

च्याम्पियनसिप अन्तर्गत पुलिसले अब सेमिफाइनलमा पश्चिमाञ्चलको टप्ससँग प्रतिस्पर्धा गर्नेछ। शनिबारै भएको दोश्रो क्वाटरफाईनलमा पश्चिमाञ्चलको टप्सले काभ्रे जिल्ला भलिबल संघलाई २५–७, २५–११ र २५–९ को सोझो सेटमा पराजित गर्दै सेमिफाईनलमा पुलिससग भेट पक्का गरेको हो।


त्यस्तै पुरुषतर्फको क्वाटरफाईनल खेलमा जित हात पादै पश्चिमाञ्चल र आर्मी सेमिफाईनलमा प्रवेश गरेका छन्। पश्चिमाञ्चलले ढोरपाटनलाई २१–२५, २५–७, २५–२१ र २५–१७ ले हरायो। आर्मीले मणीमुकुन्दलाई २५–१२, २५–१० र २५–१५ को सोझो सेटबाट हरायो।

महिला र पुरुष दुवैतर्फको सेमिफाइनल खेल आइतबार हुनेछ। महिलातर्फको सेमिफाईनलमा न्युडायमण्ड र एपीएफबीच बिहान ८ बजे प्रतिस्पर्धा हुनेछ भने १० बजे पुलिसले टप्ससँग खेल्नेछ।


यस्तै पुरुष सेमिफाइनलमा हेल्प नेपाल र एपीएफ तथा पश्चिमाञ्चल र आर्मीबीच प्रतिस्पर्धा हुनेछ। पुरुष सेमिफाईनल खेलहरु दिउँसो १ र ३ बजे हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell