PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​युरोपियन पारा तेक्वान्दोमा सीता भण्डारीलाई कास्य पदक



पहिलोपोस्ट

​युरोपियन पारा तेक्वान्दोमा सीता भण्डारीलाई कास्य पदक

काठमाडौं : पोल्याण्डमा भएको पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सीता भण्डारीले कास्य पदक जितेकी छिन्। 

पोल्यान्डको वार्सामा भएको ५८ केजी तौल समुहको के–४४ विधातर्फ सीताले कास्य पदक जितेकी पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरले बताएका छन्। 

सीताले रसियाकी खेलाडी अब्दुलोभालाई १२–१ स्कोरले हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिइन्। तर उनी फाइनल यात्रा तय गर्न रसियाकै खेलाडी रामा जोनोभासँग भएको खेलमा ६–१ स्कोरले पराजित भएपछि कास्य पदकमै चित्त बुझाउन बाध्य भइन्।

त्यस्तै के–४४ क्याटगोरीको ४०–५० केजीमा रञ्जना धामी पहिलो खेलमै सडन डेथमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिन्। निर्धारित तेस्रो राउन्डसम्म उब्जेकिस्तानकी खेलाडी इसाकोभा जियोदाखोनसँयग धामीले बराबरी स्कोर गरिन्। चौथो राउन्डको सडन डेथमा भने उनी पराजित भएको टोलीका प्रशिक्षक कुँवरले बताए। 

प्रशिक्षक कुँवरले उनिहरुले पर्याप्त श्रोत साधनमा रहेर गरेको ट्रेनिङ अनुरुप प्रदर्शन गरेको बताए। टिम व्यवस्थापकका रुपमा रहेका दीपक विष्टले समग्रमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए। 'उनीहरुलाई खेल्नका लागि अझ राम्रो ट्रेनिङ र राम्रो खेल्ने वातावरण नेपालमा आवश्वक छ। अन्य देशको तुलना केही राम्रो सेवा सुविधा दिने सके पारा खेलाडीले अझै राम्रो गर्न सक्छन्।' विष्टले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell