
म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शतप्रतिशत विजय यात्रा कायम राखेको छ। पेप गोर्डिओला प्रशिक्षक बनेपछि म्यानचेष्टर सिटीले प्रिमियर
लिगको लागतार पाँच खेलमा जित हासिल गरेको छ।
लिग अन्तर्गत शनिबार भएको खेलमा सिटीले एएफसी बर्नमाउथलाई ४-० ले हरायो। सिटीको सजतमा केभिन डे ब्रुएना, केलेची इहेनाचा, रहिम स्टर्लिङ र एकाए गुण्डागोनले १/१ गोल गरे।
घरेलु मैदानमा भएको खेलमा ८६ औं मिनेटमा नोलिटोले सिधै रातो कार्डको सामना गरेपछि सिटीले अन्तिम समयम दश खेलाडीमा रहेर खेलेको थियो। शतप्रतिसत जितपछि ५ खेलबाट १५ अंक जोड्दै सिटी शीर्ष स्थानमा आसिन छ।
यस्तै अपराजित यात्रा कायमै राखेको एभरटनले मिडल्स्ब्रोलाई ३-१ ले पराजित गरेको छ। एभरटनको जितमा गारेथ बेरी, सिएमेस कोलमन र रोमेलु लुकाकुले गोल गरे। एभरटनको गोलरक्षक मार्टेन स्कलेटनवर्गले आत्मघाती गोल गर्दा मिडल्स्ब्रोले पहिले अग्रता लिएको थियो। जितपछि ५ खेलबाट १३ अंक जोडेको एभरटन दोस्रो स्थानमा छ।
एलेक्सिस सान्चेजको प्रेरणादायी प्रदर्शनले आर्सनलले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको हल सिटीलाई ४-१ ले हराएको छ। आर्सनलको जितमा सान्चेजले २ गोल गरे त। सान्चेज पेनाल्टीमा भने गोल गर्न चुके। आर्सनलका लागि थियो वाल्कोट र ग्राइन्ट जाकाले पनि १/१ गोल गरे।
लिमोरले ४० औं मिनेटमा रातो कार्ठको सामना गरेपछि हल सिटी दश खेलाडीमा झरेको थियो। हलका लागि रोवर्ट स्नोडग्रासले सान्त्वना गोल फर्काए।
यता साविक विजेता लेस्टर सिटीले बर्नलेलाई ३-० ले पराजित गरेको छ। लेस्टरको जितमा यसै सिजन क्लब भित्र्याइएका इस्लाम स्लिमनीले २ गोल गरे। बर्नलेका बेन मीले एक आत्मघाती गोल उपहार दिएका थिए।
प्रिमियर लिगकै अन्य खेलमा वेस्ट ब्रोमिच अल्विओनले वेष्टहम युनाइटेडलाई ४-२ ले पराजित गरेको छ।