PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​खुल्यो पोखरा–बागलुङ सडक



पहिलोपोस्ट

पर्वत : गए रातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन भएको छ।
 
कुश्मा नगरपालिका–११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको थियो। बाढीले ठूलो मात्रामा ढुङ्गामाटो बगाएर सडकमा थुपारेपछि र खोला नजिकै पहिरो खसेपछि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
 
सडक डिभिजन कार्यालय बागलुङबाट आएको डोजर र सुरक्षाकर्मीको पहलमा पहिरो पन्छाइएपछि सडक सञ्चालन भएको जिल्ला ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए। सडक खुलेपछि धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र  कुश्माबाट बिहानी सेवामा छुटेका लामो तथा छोटो दूरीका साधन गन्तव्यतर्फ लागेका छन् भने अन्यबाट धौलागिरितर्फ आएका रात्रिसेवाका सवारी साधन पनि छुटेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell