PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​बसले मोटरसाइकलमा ठक्कर दिँदा साइन्स टिचरको मृत्यु



पहिलोपोस्ट

तुलसीपुर (दाङ) : गएराति दाङको  एयरपोर्ट नजिक  शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा१ख ७८४ नंको बसले रा१प ७८१४ नंको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक शिक्षकको आज बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा मृत्यु भएको छ।
 
इलाका प्रहरी कार्यालय, तुलसीपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा तुलसीपुर–१९ जसपुरका ५४ वर्षीय देवबहादुर डाँगी रहेका छन्।
 
मृतक  डाँगी  अमर उच्च मावि उरहरीका विज्ञान शिक्षक हुनुहुन्थ्यो। सो दुर्घटनामा परी उनीकी पत्नी पुष्पा डाँगी पनि गम्भीर घाइते भएकी थिइन्। उनलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा पठाइएको छ।
 
इप्रका, तुलसीपुरका प्रमुख कृष्ण प्रसार्इंले बस चालकले अत्यधिक मदिरा सेवन गरेर बस चलाउँदा सो दुर्घटना भएको बताए।
 
गाडी चालक र गाडीलाई गएराति नै नियन्त्रणमा लिइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell