PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

भारतीय सैनिक क्याम्प छिरेर चार हतियारधारीले लिए १७ सैनिकको ज्यान



पहिलोपोस्ट

भारतीय सैनिक क्याम्प छिरेर चार हतियारधारीले लिए १७ सैनिकको ज्यान

नयाँ दिल्ली : कास्मिरको सैनिक क्याम्पमा आतंकवादीको आत्मघाती आक्रमणमा परी १७ भारतीय सेनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। बरामुल्ला जिल्लाको उरीमा रहेको १२ औं ब्रिगेडको मुख्यालयमा चार आत्मघातीले आक्रमण गरेका थिए। पछिल्लो अवधिमा भारतीय सैनिकमाथि भएको यो भिषण आक्रमण हो।

२०१६ कै जनवरीमा पठानकोटमा भएको आक्रमणमा ७ सैनिकको मृत्यु भएको थियो।

आक्रमण भएको ठाउँमा डोगरा रेजिमेन्टका सैनिकहरुले पनि अस्थायी संरचना बनाएर क्याम्प खडा गरेका थिए जसले मृत्यु हुने संख्या धेरै बढायो। ब्यारेकभित्रका टेन्टहरु आक्रमणमा पर्दा आगलागी भएको थियो। यी टेन्टमा 'टुर ड्युटी' सकेर फर्कँदै गरेका सैनिक थिए।

आज बिहान ४ बजे शक्तिशाली हतियार सहित चार आतंकवादीले हमला गरेका थिए। आक्रमणलाई संयुक्त प्रतिकारपछिमात्रै सैनिकले नियन्त्रणमा लिन सकेको हो।

सन् २०१४ डिसेम्बरमा दश सैनिकको ज्यान लिने गरी मोहरामा भएको आक्रमण आज बिहानको आक्रमणसँग मिल्दो छ।

घाइते सैनिकलाई लिन सेनाको १९ औं डिभिजन हेर्डक्वाटर बरामुलाबाट हेलिकप्टर परिचालन गरिएको छ।

भारतीय सेना प्रमुख दिलबीर सिंह सुहाग र रक्षामन्त्री मनोहर पारिकर घटनास्थल जाँदैछन्।

घटनालगत्तै गृहमन्त्री राजनाथ सिंहले रसिया र अमेरिकाको यात्रा स्थगित गरेका छन्। आक्रमण लगत्तै गठित उच्चस्तरीय समितिको नेतृत्व सिंहले लिएका छन्। 
फाइल फोटो : कास्मिरमा भारतीय सैनिक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell