PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

एमालेसँग छलफल नगरी कसरी संशोधन : माधवकुमार नेपाल



पहिलोपोस्ट

एमालेसँग छलफल नगरी कसरी संशोधन : माधवकुमार नेपाल

बनेपा : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले एमालेको परामर्शबिना संविधान संशोधन हुनै नसक्ने बताएका छन्।
 
एमाले काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले हचुवाका पारामा संविधान संशोधन गर्नुहुँदैन भने।
 
 
“राजनीतिक संरचना र कानुनको निर्माण तथा स्थानीय निर्वाचन भए  संविधानको कार्यान्वयनतर्फ मुलुक अगाडि बढ्छ” पूर्वप्रधानमन्त्री नेपालले भने।
 
यसअघि बनेपास्थित क्षितिज इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको दसौँ वार्षिकोत्सव कार्यक्रममा नेता नेपालले  एमालेलाई अलग गरेर राष्ट्रिय राजनीति अघि जान नसक्ने बताए। “हामी स्भाभिमानी छौँ, छिमेकीले आन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुँदैन” उनले भने।
 
नेता नेपालले जात र धर्मका नाममा राजनीति गर्दा जनतालाई बेफाइदा हुने बताए। उनले संविधान कार्यान्वयन सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै संविधान कार्यान्वयन नभए २०७४ माघ ४ गतेदेखि संवैधानिक जटिलता आउने तर्क गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell