PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

काठमाडौँ उत्रने बित्तिकै प्रधानमन्त्रीले भने - नकारात्मक टिप्पणी गर्न जरुरी छैन



सविन ढकाल

काठमाडौँ उत्रने बित्तिकै प्रधानमन्त्रीले भने - नकारात्मक टिप्पणी गर्न जरुरी छैन

काठमाडौँ : भारतको चार दिने ‍औपचारिक भ्रमण सकाएर स्वदेश फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो भ्रमणबारे नकारात्मक टिप्पणी गर्न जरुरी नभएको बताएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित छोटो पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण सफल भएको जिकिर गर्दै कुनै महत्वपूर्ण सहमति गर्नुभन्दा पनि अघिल्लो सहमतिहरु कार्यान्वयनमा जोड दिएको बताए। 

दुई देशको संयुक्त वक्तव्यमा संविधान संशोधनको विषय परेको बारे सोधिएको प्रश्नको जवाफमा उनले भने, 'संविधानप्रति असन्तुष्ट सबै पक्षलाई मिलाएर कार्यान्वयन चरणमा लैजाने भएकोले नकारात्मक रुपमा लिनुपर्छ जस्तो लाग्दैन।'

भारतसँगको सहमतिले चीनसँगको सम्बन्धमा कुनै असर नगर्ने बताउँदै प्रधानमन्त्रीले यस विषयमा पनि नकारात्मक टिप्पणी गर्न जरुरी नभएको बताए। 

प्रधानमन्त्रीको भ्रमण टोलीसँगै रहेका परराष्ट्र मन्त्री प्रकाशशरण महत दिल्लीबाटै अमेरिकातर्फ लागेका छन्। प्रधानमन्त्री पनि सोमबार संविधान दिवस मनाएर संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दैछन्। (फाइल फोटो : प्रम सचिवालय)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell