
काठमाडौं : तेस्रो संस्करणको गोदावरी रनिङ फेस्टिभल शनिबार हुने भएको छ।
रन क्याम्प नेपाल, पम्प र बेस क्याम्प आउटडोरको संयुक्त आयोजनामा हुन लागेको फेस्टिभलमा ट्रेल रनिङ, अब्स्ट्याकल टीम रेस, बास्केटबल लगायत विभिन्न किसिमका म्युजिकल परफरमेन्स समेत हुनेछ।
आउटडोर स्पोर्ट्स र अल्ट्रा ट्रेलको प्रोमोट गर्न गोदावरी फेस्टिभलले साथ दिँदै आएको आयोजकको दाबी छ।
स्पोर्ट्स इन्थुजियास्टहरुको लागि नयाँ खेलको स्वाद दिन, आउटडोर स्पोर्ट्स एक्टीभिटीमा संलग्न गराउन गोदावरी रनिङ फेस्टिभलको आयोजना गरेको आयोजकले जनाएको छ।
फेस्टिभलमा ट्रेल रनिङ अन्तर्गत ६० किलोमिटरको अल्ट्रा रन हुनेछ। जसलाई द नर्थ फेसले प्रायोजन गरेको छ। ट्रेल रनिङ अन्तर्गत नै सोलोमन ३० किलोमिटर र सुन्टो १५ किलोमिटर रन हुनेछ।
अब्स्ट्याकल टीम रेस अन्तर्गत द नर्थ फेस यती रन ५ किलोमिटरको हुनेछ। यस्तै रेडबुलको सहयोग रहेको अल स्टार बास्केल खेल समेत हुनेछ।
म्युजिल परफरमेन्स अन्तर्गत हिमालयन कल्टिभेसन र द ब्वाइज नेक्स्ट डोरले प्रस्तुती दिनेछन्। फेस्टिभल अन्तर्गतका सम्पूर्ण गतिविधिहरु गोदावरी फुटबल ग्राउण्डमा हुनेछ।
यस्तै फेस्टिभलमा दर्ता शुल्क र विभिन्न फण्ड मार्फत उठेको रकम सेन्ट जेभियर स्कुलको स्कलरसिप फण्डको लागि उपलब्ध गराउने आयोजकले बताएको छ।