PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

​सातौं राष्ट्रिय खेलकुदको गीत सार्वजनिक



पहिलोपोस्ट

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद २०७३ को ‘खेलाडी हौं खेलाडी हौं हामी खेलाडी’ बोलको गीत आइतबार सार्वजनिक गरेको छ। 

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, सदस्यत्रय गंगाबहादुर थापा, सैलेश कर्माचार्य र उपेन्द्र यादवले गीतको सीडि संयुक्त रुपमा विमोचन गरे।

वरिष्ठ संगीतकार दुर्गालाल श्रेष्ठ संयोजक तथा सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनाल र राखेपका प्रेस सल्लाहकार रोहित दाहाल सदस्य रहेको तीन सदस्यीय छनोट समितिले उक्त गीत छनोट गरेको हो। 

गीतका लागि आव्हान पश्चात प्राप्त ५ मध्ये उक्त गीतलाई छनोट गरिएको हो। टंक उप्रेतीको शब्द र सुमित खड्काको स्वर रहेको गीतलाई मनराजा नकर्मीले संगीत भरेका छन्। 

सोही अवसरमा सातौं राष्ट्रिय खेलकुदको जिंगल पनि सार्वजनिक गरियो। राष्ट्रिय खेलकुद मंसिर ८ देखि १५ गतेसम्म पूर्वाञ्चलका विभिनन स्थानमा हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell