
म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा लगातार दोस्रो खेलमा पराजित भएको छ। समग्रमा भने युनाइटेडको यो लगातार तेस्रो हार हो। प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा युनाइटेड वाटफोर्डसँग ३-१ गोल अन्तरले पराजित भएको हो।
अघिल्लो साता प्रिमियर लिगको म्यानचेष्टर डर्बीमा ओल्ड ट्राफोर्डमै म्यानचेष्टर सिटीसँग हारेको युनाइटेड युरोपा लिगमा फेयेनुर्डसँग पराजित भएको थियो।
वाटफोर्डको घरेलु मैदानमा भएको खेलमा ३४ औं मिनेटमा एटिने कपाउले गोल गर्दै वार्टफोर्डलाई पहिले अग्रता दिलाए। पहिलो हाफमा एक गोलले पछि परेपनि युनाइटेडले दोस्रो हाफमा बराबरी गोल फर्कायो। ६२ औं मिनेटमा मार्कोस रासफोर्डले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए।
त्यसपछि युनाइटेडले लगातार दुई गोल खाँदा हार बेहोर्न बाध्य भयो। ८४ औं मिनेटमा जुवान कमिलो जुनिगाले गोल गर्दै वाटफोर्डलाई २औ१ को अग्रता दिलाए।
वार्टफोर्डले इन्जुरी समयमा पेनाल्टी प्राप्त गर्यो। पेनाल्टीलाई ट्रोए डिनेले गोल गर्दै वार्टफोर्डलाई ३औ१ को जित दिलाए।