PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​के प्रधानमन्त्रीले 'पाकिस्तानले आतंकवादलाई सहयोग गर्छ' भनेका हुन्?



पहिलोपोस्ट

​के प्रधानमन्त्रीले 'पाकिस्तानले आतंकवादलाई सहयोग गर्छ' भनेका हुन्?

काठमाडौँ : भारतीय पत्रकार गीता मोहनले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसँगको फोटो राख्दै प्रचण्डले भनेको भन्दै एउटा ट्विट गरिन्। उनले लेखिन् – पाकिस्तानको आतंक राज्यको लगानीमा भइरहेको छ। 'म यसको प्राविधिक पक्षबारे बताउन चाहन्न।'
तर के प्रधानमन्त्री प्रचण्डले वास्तवमै पाकिस्तानबारे बोलेका थिए त?
 

न्युज एक्सले प्रधानमन्त्री प्रचण्डसँगको अन्तर्वाता एक्सक्लुसिभ भन्दै प्रसारण गरेको छ जसमा प्रधानमन्त्री प्रचण्डलाई उनले अधिका‍ंश सुरक्षाका विषयमा प्रश्न गरेकी छिन्। त्यस्ता प्रश्नहरुमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनबाट पन्छन खोज्दै प्राविधिक विषय भनेका छन्।

गीता मोहन प्रचण्डलाइ सोध्छन् – के कुनै त्यस्तो इन्टेलिजेन्स रिपोर्ट छ। तपाइँले पहिला पनि सरकारको नेतृत्व गर्नु भएको छ। के तपाइँले आतंकवादी संगठनलाई पाकिस्तानको सरकारबाट सहयोग पाइरहेको पाउनु भएको छ?

प्रचण्ड जवाफ दिन्छन – म यी सबै विषयलाई गम्भीरताका साथ लिन्छु। हामीले यसबारेमा छलफल पनि गरेका छौँ। यस्ता विषयको कसरी ट्याकल गर्ने भन्ने सम्बन्धमा। त्यसैले म यस्ता प्राविधिक विषयमा कुनै खुलासा गर्न चाहान्न। किनभने यो एकदमै संवेदनशील र कुटनीतिक विषय हो।

उनी पुन: सोध्छिन् – के त्यसोभए राज्य (पाकिस्तानको) को सहयोग छ?

प्रचण्ड जवाफ दिन्छन् – पक्कैपनि। (एक्ज्याक्ली)।

​तर प्रचण्डले आफ्नो जवाफको क्रममा पाकिस्तानको नाम लिएका छैनन्। उनले विषय गम्भीर भएको बताएका छन् साथै गीता मोहनले सोधेको पुन: प्रश्नमा 'पक्कैपनि' भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell