
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भोलिदेखि हुने अमेरिका भ्रमण रद्द भएको छ। उपप्रधानमन्त्री विमलेन्द्र निधिले पहिलोपोस्टसँग कुरा गर्दै प्रधानमन्त्रीको भ्रमण रद्द भएको पुष्टि गरे।
चार दिने औपचारिक भारत भ्रमण सकाएर आइतबार स्वदेश फर्कने प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत थिएनन्। उनी नेपाल नफर्की दिल्लीबाटै संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन न्युयोर्कतर्फ लागे।
तर काठमाडौँमा भने भोलि असोज ३ गते संविधान दिवसको औपचारिक कार्यक्रम सकाएर राति नौ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' न्युयोर्कका लागि प्रस्थान हुने सेड्युल यथावत रहेको भनिएको थियो। सूचना विभागले फोटोग्राफरहरुलाई राति नौ बजे विदाइ हुने सेड्युल पठाएको थियो।
उपप्रधानमन्त्री निधिका अनुसार मन्त्रिपरिषद् बैठकमा नै प्रधानमन्त्रीले परराष्ट्र मन्त्री जाँदा हुने रहेछ, लामो समय विदेशमा बस्दा मुलुकको समस्या समाधानमा समय कम हुने देखियो भनेका थिए।
जानै पर्ने बाध्यता नरहेको ब्रिफिङ भएपछि प्रधानमन्त्रीले भ्रमण रद्द गरेको उनले बताए। भ्रमण रद्द गरेर विज्ञप्ति जारी गर्ने तयारी भएको उपप्रम निधिले बताए।
भारतबाट पनि संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री नरेन्द्र मोदी जाँदै छैनन्। भारतले पनि विदेश मन्त्री सुषमा स्वराजलाई पठाउँदैछ।
प्रधानमन्त्रीको कार्यालयले भ्रमण रद्द बारे यस्तो विज्ञप्ति पठाएको छ-