PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

​संविधान बनाउने सभासद्ले पदक पाउने



पहिलोपोस्ट

​संविधान बनाउने सभासद्ले पदक पाउने

काठमाडौँ : संविधान निर्माणमा भूमिका खेल्ने सभासद्हरुलाई सरकारले विभूषित गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा पदकबाट विभूषित गर्न लागिएको जानकरी दिए।

उनले पदकको नाम – संविधान निर्माण पदक राखिएको समेत उल्लेख गरे। सभासद्हरुसँगै संविधान निर्माणमा संलग्नहरुलाई पनि पदक प्रदान गरिने उनले बताए।

'सरकारले ऐतिहासिक रुपमा निर्माण भएको संघीय गणतन्त्र नेपालको संविधान निर्माण कार्यमा सहभागी हुने संविधानसभाका माननीय सदस्यहरु र संविधान निर्माण कार्यमा सघाउ पुर्‍याउने राष्ट्रसेवक, समाजका विभिन्न क्षेत्रका महानुभावहरु तथा संघसंस्थाहरुलाई संविधान निर्माण पदकवाट सम्मान गर्ने प्रक्रिया अगाडि बढाएको छ', उनले भने।


पहिलो संविधान सभाले संविधान निर्माण गर्न नसकी विघटन भएपछि दोश्रो संविधानसभाको निर्वाचन भएको थियो। 

दलहरुले सात बर्ष लगाएर संविधान निर्माण गरेका थिए। सभासद्हरु संविधान निर्माणका क्रममा विभिन्न समितिहरुमा विभाजित भएर तर्जुमाको प्रक्रियामा सहभागि भएका थिए। 

सात बर्ष लगाएर नेपालले संविधानसभा मार्फत गत बर्षको असोज ३ गते नेपालको संविधान घोषणा गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell