PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

टुँडिखेलमा पुष्पवृष्टि, सांस्कृतिक एकताको प्रदर्शन

टुँडिखेलमा पुष्पवृष्टि, सांस्कृतिक एकताको प्रदर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ।
 
नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो।
 
सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च अधिकारी एवम् कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उद्योगी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवम् सञ्चारकर्मीलाई समारोहमा सहभागी छन्।
 
यो अवसरमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले विशेष प्रदर्शन गरे। सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो। विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्नुका साथै विभिन्न खेलाडीहरुले खेलकौशल देखाएका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell