PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

२० फोटोमा हेर्नुस्, संविधान दिवस मनाउन कोको पुगे टुँडिखेल?

२० फोटोमा हेर्नुस्, संविधान दिवस मनाउन कोको पुगे टुँडिखेल?

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : संविधान बनेको एक वर्ष पूरा भएको अवसरमा आज पहिलो संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी संविधान जारी भएको आज एक वर्ष पूरा भएको हो।
 
सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्‍यो। समारोहमा राष्ट्रपति वि्दयादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च अधिकारी एवम् कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, नेपाली सेना र प्रहरीका उच्च अधिकारीहरु, उद्योगी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवम् सञ्चारकर्मी लगायतको सहभागिता थियो।
 
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतले शान्तिको प्रतीक सेतो परेवा उडाएका थिए। राष्ट्रपति भण्डारी समारोहस्थल उपस्थित हुँदा उनको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पण गरेको थियो । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रम दाहाल र गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले राष्ट्रपति भण्डारीलाई स्वागत गरे।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपत्यकाका तीनवटै जिल्लाका जिविस तथा नगरपालिकाले सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरेका थिए । 

राष्ट्रिय खेलकुद परिषद्का खेलाडीले देखाएको कला कौशल समारोहस्थल आकर्षण बनेको थियो । करिब दुई घन्टा अवधिको सो कार्यक्रममा तीनवटै सुरक्षा निकायले राष्ट्रिय भावनाले ओतप्रोत भएका सङ्गीत तथा नृत्यसमेत प्रदर्शन भएको थियो । 

संविधान दिवसका अवसरमा आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ । आज विदेशमा रहेका नेपालीले पनि संविधान दिवस विविध कार्यक्रम आयोजना गर्दै मनाउँदै छन्।

दिवस मनाउन सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा विशेष समिति गठन गरेको छ। दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ। नेपालको लिखित संविधानमध्ये यो सातौं संविधान हो।


ट्रेन्डिङ पोस्ट

Ncell