रत्ननगर (चितवन) : चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र एक आमाले सात महिनाको बच्चा फालेकी छिन्।
प्रजिना नाम गरेकी ती बालिकालाई उनकी ३६ वर्षीया आमा पार्वती न्यौपानेले फालेको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बच्चालाई इनारमा फालेर ती महिला भने बेपत्ता छिन्।
उनका श्रीमान् रामशरणले बिहान बच्चा लिएर निस्किएको र त्यसपछि सम्पर्कमा नआएपछि खोजतलास गरी पाऊँ भनी प्रहरीमा निवेदन दिएका थिए।
सोही निवेदनका आधारमा खोजी गर्दा कुमरोजस्थित इनारमा बच्चा मृत फेला परे पनि आमा भने बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनको खोजी जारी छ। उनको मानसिक अवस्था केही कमजोर रहेको बुझिन आएको प्रहरीले जनाएको छ।रासस