PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

काबेली ‘ए’को जिम्मा चिनियाँ कम्पनीलार्इ, दसैंलगत्तै काम सुरु हुने



पहिलोपोस्ट

काबेली ‘ए’को जिम्मा चिनियाँ कम्पनीलार्इ, दसैंलगत्तै काम सुरु हुने

पाँचथर : काबेली ‘ए’जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ।
 
पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण गरिने ३७.६ मेगावाट क्षमताको सो आयोजना निर्माणको जिम्मा झिझ्याङ, टिडब्लु र सीडब्लु नामक चिनियाँ कम्पनीले पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए।
 
यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रालिले निर्माणको काम सुरु गरे पनि विवादका कारण अघि बढाउन सकेको थिएन। दसैंलगत्तै चिनियाँ कम्पनीले निर्माण कार्य अघि बढाउनेछ। आयोजना प्रमुख श्रेष्ठका अनुसार काबेलीमा बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिङ्गापुरको इन्फ्रा कम्पनीको ४४ प्रतिशत सेयर लगानी छ।
 
कुल रु १० अर्ब लाग्ने अनुमान गरिएको आयोजनामा पूर्वाधार निर्माणका काम सकिएकाले अब चाँडै नै हाइड्रो मेकानिकल तर्फको काम सुरु हुनेछ। यसअघि कम्पनीले स्थानीयवासीसँगको सम्झौता विपरीत काम गरेको भन्दै स्थानीयवासीले आयोजना निर्माणमा अवरोध गर्दै आएका थिए।
 
हाल आयोजनामा पूर्वाधार विकासतर्फको काम भइरहेको र आयोजना प्रभावित क्षेत्र पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङेल्याङ गाविसमा सडक निर्माणको काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell