PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण उपलब्धिविहीन : केपी ओली



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण उपलब्धिविहीन : केपी ओली

पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन सकेन भने मुलुक अप्ठ्यारो स्थितिमा जाने चेतावनी दिएका छन्।
 
नेकपा एमाले प्रदेश नं ४ को प्रदेश सङ्गठन कमिटीको प्रथम बैठकलाई कास्कीको रुपाकोट गाविसस्थित रुपा रिसोर्टमा  उद्घाटन गर्दै उनले संविधान कार्यान्वयन गर्न २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुनु जरुरी रहेकामा जोड दिए।
 
अध्यक्ष ओलीले संविधान कार्यान्वयनमा एमालेले खबरदारी गरिराख्ने बताए। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण त्यति फलदायी नभएको समेत उनले टिप्पणी गरेका छन्।
 
एकदिने सो बैठकमा प्रदेश नं ४ को सङ्गठन कमिटीका ८० जना सदस्यको सहभागिता रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell