PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

इटालियन सिरी ए : युभेन्ट्सको पहिलो हार, इन्टर मिलानसँग २-१ ले पराजित



पहिलोपोस्ट

इटालियन सिरी ए : युभेन्ट्सको पहिलो हार, इन्टर मिलानसँग २-१ ले पराजित

युभेन्ट्सले इटालियन सिरी ए मा पहिलो हार बेहोरेको छ। सिरी ए अन्तर्गत गएराति भएको खेलमा १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको इन्टर मिलानले युभेन्ट्सलाई २-१ पराजित गरेको हो।
 
१ गोलले पछि परेको स्थिति उल्टाउँदै इन्टरले उत्कृष्ट कमब्याक गरेको हो। तीनै गोल दोस्रो हाफमा भएको खेलमा अग्रता भने युभेन्ट्सले लिएको थियो।
 
खेलको ६६ औं मिनेटमा स्टेफन लिस्टाइनरले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए। तर त्यसको २ मिनेछपछि नै इन्टरका माउरो इकार्डीले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए। ७८ औं मिनेटमा इभान पेरिसिकले गोल गर्दै इन्टरलाई २-१ को अग्रता दिलाए।
 
युभेन्ट्सले ७४ औं मिनेटमा गोन्जालो हिगुएनलाई मैदान उतारे पनि हार टार्न पर्याप्त भएन। खेलको अन्त्यतिर एभर बनेगा दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि इन्टर १० खेलाडीमा झरको थियो। जितपछि ४ खेलबाट ७ अंक जोडेको इन्टर छैटौं स्थानमा उक्लेको छ।
 
युभेन्ट्स हारेको दिन नेपाली बोलोग्नालाई ३-१ ले हराउादै शीर्ष स्थानमा उक्लेको छ। नेपोलीको जितमा अर्काडिउस मिलकिले २ गोल गरे भने जोसे मारिया कालेजोनले १ गोल गरे। बोलोग्नाका लागि सिमोन भेर्डीले एक गोल गरे। ८१ औं मिनेटमा एमिल क्राफ सिधै रातो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि बोलोग्ना १० खेलाडीमा झरेको थियो।
 
जितसँगै ४ खेलमा अपराजित रहेको नेपोलीको १० अंक भएको छ। युभेन्ट्स ९ अंक सहित दोस्रो स्थानमा छ।
 
फियोरेन्टिनासँग १-० ले पराजित भएपनि एएस रोमा तेस्रो स्थानमा छ। रोमाको ७ अंक रहेको छ। फियोरेन्टिनाको जितमा मिलान बाडेलेले निर्णायक गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell