PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

बारा र पर्सामा संविधान दिवस मनाउन रोक लगाउँदै विरोध प्रदर्शन



राधेश्याम पटेल

वीरगन्ज : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाराले जिल्लामा आजको दिन संविधान दिवस मनाउन रोक लगाएको छ। आइतबार साँझ कलैयामा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको तमलोपा बाराका अध्यक्ष तथा मोर्चाका नेता नवलकिशोर सिंहले बताए। कसैले संविधान मनाउने कार्य गरे कडा प्रतिकार गर्ने उनले चेतावनी पनि दिए।

बैठकमा संघीय समाजवादी फोरम नेपाल बाराका अध्यक्ष रामबाबु यादव, सदभावना पार्टीका सफिक मिया, नेपाल सदभावना पार्टीका महेन्द्र मण्डल, तराई मधेस सदभावना पार्टीका धर्मेन्द्र यादव, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका फिरोज अन्सारी लगायत जिल्ला अध्यक्षहरुको सहभागिता थियो।

यसैबीच, बाराको कलैयामा आज बिहान ७ बजे मोर्चाले कालो दिवस मनाउँदै विरोध प्रर्दशन गरेको छ। मोर्चाको केन्द्रीय कार्यक्रम अनुसार बारामा संविधानको विरोध जनाउँदै भरत चोकमा जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका हुन्। उनीहरुले नगर परिक्रमा गरी नाराबाजी समेत गरे।
 
पर्सामा पनि संविधान दिवस मनाउने कुनै प्रयास भए त्यसको कडा प्रतिकार गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साका नेता तथा संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले चेतावनी दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell