PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

डा. गोविन्द केसीको अनसन स्थगित, असोज १० गतेसम्म माग पूरा गर्न सरकारलाई अल्टिमेटम



पहिलोपोस्ट

डा. गोविन्द केसीको अनसन स्थगित, असोज १० गतेसम्म माग पूरा गर्न सरकारलाई अल्टिमेटम

काठमाडौं : डाक्टर गोविन्द केसीले आफूले घोषणा गरेको अनसनको मिति एक साता सारेका छन्। चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि आफूले अगाडि बढाएको चार बुँदे मागमध्ये तीन बुँदा कार्यान्वयनको खाका सरकारले प्रस्तुत भएको उल्लेख गर्दै केसीले अनसन सारेका हुन्।

यसअघि केसीले आफ्ना माग पूरा नभए असोज ३ गतेदेखि अनसन सुरु गर्ने बताएका थिए। साथै केसीले आउँदो असोज १० गतेसम्म कार्यान्वयन नभए पुन: नवौँ पटक अनसन बस्ने चेतावनी समेत दिएका छन्।

केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने कार्य संसदबाट अगाडि नबढेको अवस्थामा पुन: अनसन बस्ने चेतावनी समेत दिएका छन्।
 
यसैबीच मन्त्रिपरिषदले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको नाम परिवर्तन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नाम परिवर्तन गरि मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान राख्ने निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell