PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

दाङमा कोठाभित्र धुवाँ गुम्सिँदा एकको मृत्यु, दुई जना बेहोस



पहिलोपोस्ट

दाङ : सल्यान–८ फालावाङ निवासी इन्द्रलाल विष्टको धुवाँबाट निस्सासिएर मृत्यु भएको छ। घटनामा सोही ठाउँका धर्मबहादुर योगी र टोपबहादुर विक बेहोस भएका छन्।
 
दाङको तुलसीपुर–३ गणेशपुरमा कोठा भाडा लिई बस्दै आएका उनीहरुले राति लामखुट्टे धपाउन भुसेचुलो बालेका थिए। सो धुवाँले निस्सासिएर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए।
 
आइतबार साँझ कोठामा भुसेचुलो बालेर ढोका बन्द गरी सुतेको र कोठामा कतैबाट पनि हावा पास नभएका कारण कोठाभरि विषाक्त ग्यास कार्बनडाइअक्साड, मोनोअक्साइड भरिएपछि अक्सिजनको अभावमा विष्टको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ। योगी र विकको पनि अवस्था गम्भीर रहेको र उनीहरुको राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell