PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

१८ फोटोमा हेर्नुस्, संविधान दिवसमा एमालेको उल्लास

१८ फोटोमा हेर्नुस्, संविधान दिवसमा एमालेको उल्लास

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नयाँ संविधान निर्माणको एक वर्ष पूरा भएको अवसरमा नेकपा एमालेले आज संविधान दिवसलाई विशेष रुपमा मनाएको छ।
 
प्रथम संविधान दिवसका अवसरमा एमालेले झाँकीसहित र्‍यालीको आयोजना गर्‍यो। रत्नपार्क शान्तिवाटिकाबाट सुरु भएको एमाले नेता-कार्यकर्ताको र्‍याली भोटाहिटी, असन, इन्द्रचोक हुँदै वसन्तपुरमा पुगेको थियो।
 
वसन्तपुरमा पुगेर र्‍याली सभामा परिणत भयो। सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गरे।
 
जनताको लामो समयदेखिको सपना पूरा गरी संविधानले लोकतान्त्रिक गणतन्त्र  संस्थागत गरेको भन्दै एमालेले पनि आजको दिनलाई उत्सवका रुपमा मनाएको हो।


ट्रेन्डिङ पोस्ट

Ncell