PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

केपी ओली भन्छन्- 'अरुकै रुचिमा संविधान संशोधन गर्न सरकार लागिपरेको छ'



सविन ढकाल

केपी ओली भन्छन्- 'अरुकै रुचिमा संविधान संशोधन गर्न सरकार लागिपरेको छ'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी वा अरु कसैको हितका लागि संविधान संशोधन हुन नसक्ने जिकिर गरेका छन्।

'जसले जति बेला चाह्यो त्यति बेला संशोधन हुन सक्दैन,' आज वसन्तपुरमा एमालेले आयोजना गरेको संविधान दिवस समारोहमा ओलीले भने, 'कुनै पनि देशमा शतप्रतिशत मान्य संविधान हुन सक्दैन।'

वर्तमान सरकारले संविधान कार्यान्वनमा रुचि नदेखाएको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले जनताको रुचिमा भन्दा पनि अरुकै रुचिमा संशोधनका लागि दत्तचित भइरहेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण एजेण्डाविहीन भएकाले कुनै औचित्य नभएको उनको भनाइ छ। 'त्यहाँ खाएर यहाँ चुठ्न आइज भनेजसरी एक महिना नबित्दै भारत कुदिहाल्नुभो,' ओलीले भने, 'भारतसँग कुनै सम्बन्ध बिग्रिएको थिएन। गएर आउनुको कुनै उपलब्धि पनि देखिएन।'

संविधानले सबै उत्पीडित जातजाति र धर्म-समुदायलाई समान अधिकार दिएकाले अहिले नै संशोधन आवश्यक नभएको पनि उनले दोहोर्‍याए।
'अहिलेको संविधानलाई नमानिरहने र कार्यान्वयन नै हुन नदिने हो भने एमाले यसको रक्षाका लागि जे पनि गर्न तयार छ,' उनले भने। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell