PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

संविधान मान्दिन भन्नु देशको नागरिक होइन भन्नुसरह : वामदेव गौतम



पहिलोपोस्ट

संविधान मान्दिन भन्नु देशको नागरिक होइन भन्नुसरह : वामदेव गौतम

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण उपलब्धिमूलक नरहेको बताएका छन्।
 
संविधान दिवसको असरमा नेकपा एमाले जिल्ला संगठन काठमाडौंले आज वसन्तपुरमा गरेको कार्यक्रममा नेता गौतमले भने, 'भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जे जेमा हस्ताक्षर गर भन्नुभयो, उहाँ त्यसैमा सही गरेर फर्कनुभएको आरोप छ।'
 
अहिलेको सरकार र सरकार गठबन्धन दलहरु संविधान कार्यन्वयन र स्थानीय निकायका चुनाव नगर्ने पक्षमा रहेको उनले टिप्पणी गरे। अहिलको संविधानले सबै क्षेत्र, भूगोल र जातिको रक्षा गरेकाले अपूर्ण नभएको उनको भनाइ थियो। आन्दोलनरत मधेसी दलतर्फ संकेत गर्दै उनले भने, 'देशको संविधान मान्दिन भन्नु यो देशको नागरिक होइन भन्नुसरह हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell