PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​भारतसँगको संयुक्त वक्तव्यमा प्रचण्डको आलोचना विरुद्ध परराष्ट्रको डिफेन्स



पहिलोपोस्ट

​भारतसँगको संयुक्त वक्तव्यमा प्रचण्डको आलोचना विरुद्ध परराष्ट्रको डिफेन्स

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भएको द्वीदेशीय संयुक्त वक्तव्यका दुई बुँदामाथि चर्को आलोचना भएपछि परराष्ट्र मन्त्रालयले त्यसको प्रतिकार गरेको छ।

संयुक्त वक्तव्यको ११ ‍औं र १३औं बुँदालाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आलोचना गरेको हो।

राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय संघ संगठनमा एजेन्डमा आधारित भएर सहकार्य गर्ने विषयलाई लिएर आलोचना भएको थियो। परराष्ट्रले त्यसको प्रतिकार गर्दै नेकपा एमालेबाटै परराष्ट्र मन्त्री बनेका महेन्द्रबहादुर पाण्डेकै कार्यकालमा सन् २०१४ जुलाइ २६ मा नेपाल भारत संयुक्त आयोगले जारी गरेको संयुक्त प्रेस वक्तव्यको बुँदा नम्बर ६ मा यो विषय समावेश भइसकेको प्रस्ट्‍याएको छ। परराष्ट्रले यसअघि पनि विषयमा सहमति भएको अवस्थामा भारत र चीनसँग पनि अन्तर्राष्ट्रिय फोरममा सहकार्य गरेको प्रस्ट्याएको छ।

त्यसैगरी द्विपक्षीय आर्थिक तथा विकास सहयोगका परियोजनामा देखा परेका असहजतालाई सम्बोधन गर्न संयुक्त संयन्त्र स्थापना गर्ने सहमतिलाई अन्यथा लाग्नेगरी प्रचार नगर्न मन्त्रालयले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell