काठमाडौं : संविधान निर्माणको एक वर्ष पूरा भएको अवसरमा एकातिर संविधान दिवस मनाइँदैछ भने अर्कातिर पहिचानसहितको संघीयता पक्षधर २८ दलीय संघीय गठबन्धनले 'कालो दिवस' मनाउँदैछ।
नयाँ संविधान त्रुटिपूर्ण रहेको भन्दै पुनर्लेखन र संशोधनको माग गर्दै आन्दोलन गर्दै आएको गठबन्धनले आझो दिउँसो रत्नपार्कस्थित शान्तिवाटिकामा विरोध प्रदर्शन गरेको छ। कालो झन्डा र ब्यानरसहित नेता कार्यकर्ता विरोधमा उत्रिएका हुन्।
यसअघि गतवर्ष पनि असोज ३ गते संविधान जारी भएको दिनलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा काठमाडौं सहित मधेसव्यापी कालो दिवस मनाइएको थियो। नयाँ संविधान मधेसी, आदिवासी जनजाति, खस, थारु, मुस्लिम, महिला, दलित लगायत उत्पीडित समुदायको पक्षमा नरहेको गठबन्धनले आरोप छ।
भदौ १९ गते संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बसेको गठबन्धन बैठकले असोज ३ लाई कालो दिवस मनाउने निर्णय गरेको थियो। आजै बेलुकी विरोधस्वरुप गठबन्धनले प्रत्येक घरमा बत्ती निभाई संविधानलाई ब्ल्याक आउट गर्ने पनि बताएको छ। (फोटो : महेश चौरसिया)