काठमाडौँ : नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ।
अध्यक्ष दाहालको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले समग्रमा भ्रमण फलदायी भएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूसँगको भेट तथा उद्योगी, व्यवसायी, बुद्धिजीवी र प्रवासी नेपालीहरुसँगको अन्तक्र्रिया बारे जानकारी गराउनुभएको प्रवक्ता भुसालको भनाइ छ। बैठक मङ्गलबार विहान ८ बजे पुनः बस्नेछ। रासस