PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

पूर्वी भारतमा बस दुर्घटना, दशको मृत्यु, बीस वेपत्ता



पहिलोपोस्ट

नयाँ दिल्ली : भारतीय पूर्वी राज्य विहारमा करिब ६५ जना यात्रारत एक बस पोखरीमा खस्दा १० जनाको मृत्यु भएको छ भने २० जना अन्य पोखरीमा डुबेर बेपत्ता भएको आशङ्का रहेको यहाँका उच्चप्रहरी अधिकारीले सोमबार बताएका छन्।
 
विहारको मधुवनी जिल्लाको बासैथामा गुडिरहेको बसले नियन्त्रण गुमाएपछि पोखरीभित्र खस्न पुगेको प्रहरीले बताएको छ।
 
प्रहरीले स्थानीयको सहयोगमा १० जनाको शव पोखरीबाट बाहिर निकालेको छ भने अझै २० जना पोखरीभित्र रहेको हुनसक्ने बताइएको छ।
 
विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाको छानबिन गर्न तत्काल छानबिन समिति बनाउन निर्देशन दिए।
 
भारतमा हरेक वर्ष सडक दुर्घटनामा परी एक लाख ५० हजार मानिसले अकालमा ज्यान गुमाउने गरेको भारतीय तथ्याङ्क छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell