PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

रसियामा फेरि पुटिन नै बलियो



पहिलोपोस्ट

मस्को : रसियाको सत्ताधारी दल युनाइटेड रसिया पार्टीले (यूआरपी) संसदीय निर्वाचनमा स्पष्ट बहुमत ल्याउन सफल भएको छ।
 
राष्ट्रपति भ्लादिमिर पुटिनको दलले स्पष्ट बहुमत ल्याएपछि उनलाई चौँथो कार्यकालका लागि रसियाको नेतृत्व सम्हाल्न चाहेमा मार्ग प्रशस्त भएको छ। राष्ट्रपति पुटिनको कार्यकाल सन् २०१८ मा अन्त्य हुँदैछ।
 
सोमबारसम्म घोषणा भएको ९८.३ प्रतिशत मत परिणाममध्ये पुटिनको युनाइटेड रसिया पार्टीले ५४.२ प्रतिशत मत प्राप्त गरेको छ। यसले संसदमा युआरपीको संवैधानिक बहुमत स्पष्ट देखाएको छ।
 
रसियामा राष्ट्रपति पुटिनको पछिल्लो कार्यकालमा लामो आर्थिक सङ्कट सामना गर्नुपरे पनि क्रेमलिनले पछिल्लो मत परिणाम आउनुमा वर्तमान राष्ट्रपति पुटिनको प्रसिद्धिले नै काम गरेको बताएको छ।
 
वर्तमान राष्ट्रपतिको कार्यक्रमलाई रसियाली जनताले पुनः एक पटक अनुमोदन गरेका छन् र उनको दललाई बहुमत दिलाएका छन्,' क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए।
 
राष्ट्रपति पुटिनले जनताबाट एक पटक पुनः विश्वासको मत पाउनुभएको छ,' पेस्कोभले भने।
 
तर यस वर्षे संसदीय निर्वाचनमा मात्रै ४७.८ प्रतिशत मतदाताले मतदानमा सहभागिता जनाएका छन् । यो सहमागिता सन् २०११ मा ६० प्रतिशत रहेको थियो ।
 
यसबर्ष मस्को र सेन्ट पिटर्सबर्गमा साहै्रथोरै अर्थात् ३० प्रतिशत मतदाताले मात्र मतदानमा सहभागिता जनाएका छन् ।      
 
यसैबीच लिबरल प्रतिपक्षी दलहरुको समूहले संसदमा प्रभाव पुर्‍याउनलाई असफल भएका छन् ।
 
वर्तमान राष्ट्रपति पुटिनका कटु आलोचक बोरिस नेम्सभको दल, यावलोको वा पार्नस पार्टी कुनैले पनि संसदमा आवश्यक प्रतिनिधित्व जनाउन असफल भएका छन्।      
 
पूर्व प्रधानमन्त्री मिखाइल कास्यानोभले मत परिणामलाई सहज स्वीकार गर्दै रसियाली जनताले सत्ता चलाउने अख्तियारी अन्तिम पटक वर्तमान अधिकारीहरुलाई दिएका छन् भने।        
 
सम्भवत अब अर्को निर्वाचनमा प्रजातान्त्रिक रुपमै सत्तासमीकरणलाई परिवर्तन गर्ने गरी नयाँ अनुहारलाई सत्तामा पठाउने छन्, कास्यानोभले निर्वाचन परिणामबारे छोटो प्रतिक्रिया दिए। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell