PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

शारदाको उपन्यास विमोचनमा ओलीका उखान र लोकमानको चर्चा



रमेश वाग्ले

शारदाको उपन्यास विमोचनमा ओलीका उखान र लोकमानको चर्चा

काठमाडौं : सोमबार साहित्यकार शारदा शर्माको दोस्रो उपन्यास कम्पसार्वजनिक भयो। भूकम्पबाट कथा प्रवेश गरेर सामाजिक र शास्त्रीय मान्यताविरुद्ध जेहाद छेडेको उपन्यास कम्पचित्रांगदा कपाली नामकी मुख्य पात्रको जीवनका उतार चढावको हुँदै मृत्युपछिको नर्क यात्रा र नर्कमा पनि धर्मराजको फैसलाको विद्रोहको कथामा आधारित छ।
 
'केही समसामयिक यथार्थ, केही पौराणिक आख्यान्, केही कल्पना र स्वैरकल्पनाको मिश्रणले तयार भएको छ यो उपन्यास,’विमोचनपछि लेखिका शर्माले भनिन्, ‘यसका पात्र, समय, स्थान र घटनाक्रमले एक अर्कालाई अनयास अतिक्रमण गर्दै यस्तो संसार निर्माण गर्छन्, जो हाम्रा निम्ति परिचित हुँदाहुँदै पनि नितान्त नयाँ छ।

उनले २० वर्ष अघि आफ्नी सासुको मृत्युपछि गरुढ पुराण क्रमबद्धरुपमा सुन्न पाएको भन्दै त्यही समयदेखि सुरु भएको स्वेरकल्पनाले गत वर्षको भूकम्पपछि मात्र मूर्तरुप धारण गरेको बताइन्।
 
'चित्रागंदा कपाली नामकी नायिकाको जीवनको आरोह/अवरोह र उनको मृत्युपछिको नर्क यात्रा र उनले गरेको विद्रोहको वरीपरि उपन्यासको कथा छ,’ उपन्यासबारे टिप्पणी गर्दै लेखक खगेन्द्र संग्रौलाले भने, ‘यसमा भनेजस्तो नर्क त हुन्छ/हुँदैन म भन्न सक्दिन तर यहाँ शास्त्रीय मान्यताले स्थापित गरेका विसंगतिप्रतिको विद्रोह राम्रैसँग चित्रित छ।उनले लेखकको प्रतिस्पर्धी लेखक स्वयं हुने भन्दै उनको अघिल्लो उपन्यास तापसँग पराजित हुन्छ वा विजयी हुन्छ भन्ने विषय भने अहिले नै भन्न नसक्ने बताए।
 
बुद्धिसागरको कर्णाली ब्लुजसँग फिरफिरे पराजित भयो, नयनराज पाण्डेको लुसँग त्यसपछिका घामकिरी र सल्लिपिर पराजित भए,संग्रौलाले भने, ‘त्यसैले लेखकको प्रतिस्पर्धी लेखक स्वयं नै हो।
 
उनले चित्रांगदा एक गरिब परिवारमा जन्मिएर विवाहपछि धोका पाएकी दलित महिला भएको भन्दै उनले धार्मिक संगतमा समेत धोका खाएको बताइन्। साधुको सेवामा गएको चित्रांगदा साधुकै नजरबाट धोका पाउछिन् र त्यहाँबाट बाहिरिएर अनेक दुःख भोग्छिन्,उनले भने, ‘दुःखमै भूकम्पमा ज्यान गुमाएको उनी कर्मको फल भोग्न नर्क पुग्छिन्।उनले शर्माले नर्क भनेर ठ्याक्कै नेपाललाई उल्लेख गरेको भन्दै नर्क यही छ भन्ने यथार्थ पनि कथाले बोकेको बताए।
 
यमलोक, गन्दर्भलोक र परलोक भनेर तीनवटा देशको कुरा यहाँ गरिएको छ उपन्यासमा,’ उनले भने, ‘यमलोक(नर्क) भनेर नेपाल गन्दर्भलोक भने भारत र परलोक भनेर अमेरिकालाई संकेत गरिएको छ।उनले लेखकको स्वैरकल्पनाले नेपालाई नर्क बनाएको वा नर्कलाई ठ्याक्कै ल्याएर नेपालमा खप्टिएको सुनाए।

केपी ओली शारदाको स्वैरकल्पना

स्वैरकल्पना पनि दुई किसिमका हुन्छन्, एउटा केपी ओलीको राजनीतिक स्वैरकल्पना चुलाचुलामा ग्यास पाइप जोडने, पाखा पाखामा हावाबाट बिजुली निकाल्ने- जुन हावामा नै गायव हुन्छ,’ संग्रौलाले ठट्यौली पारामा सुनाए, ‘अर्को शारदाजीको जस्तो स्वैरकल्पना जसले जीवनका यथार्थलाई पटकपटक छोइरहन्छ।उनको स्वैरकल्पनाले मृत्युपछिको नर्कलाई नेपालको यथार्थसँग जोडेको उनले बताए।
 
नेपालमा जस्तै धनी र दलालहरु मृत्युपछि पनि दुतलाई घुस खुवाएर हेलिकोप्टरमा स्वर्ग जान्छन्। नर्कका कतिपय अप्ठ्यारा देख्दै नदेखी पार गर्छन्,’ उनले भने, ‘गरिबहरु नर्कमा गएर पनि न्याय पाउँदैनन्।उनले नेपालको यथार्थ उतारिएको उपन्यास भन्दै तारिफ गरे।
 
त्यहाँ पनि लोकमान नियुक्त गर्नेहरु र लोकमानहरुको जगजगी नै छ,उनले थपे, ‘नन्दप्रसादहरु त्यहाँ पनि अनशनमै छन्। न्यायलयले उनीहरुको पेसी सारेको सार्‍यै छ।उनले वकिलहरु त्यहाँ गएर पनि पेशाका नाममा ठग्न नछोड्ने भन्दै पत्रकारहरुको भूमिका पनि नेपालको जस्तै गैरजिम्मेवार रहेको बताए।
 
संग्रौलाले लोकमानहरु उनलाई नियुक्त गर्ने शासक हुँ भनाउँदाहरु, पत्रकारहरु र वकिलहरुले पढ्नै पर्ने उपन्यास रहेको बताए। चित्राङ्गनाले धर्मराजको फैसला विरुद्ध विद्रोह गरेपछि धर्मराजको कुर्सी पनि थर्थराउँछ त्यसपछि धर्मराजले गरुड पुराणलाई नै बदल्ने निर्णय लिन्छन्,उनले भने, ‘त्यही कारण उपन्यासको नाम कम्प राखिन गएको भान हुन्छ।
 
अर्की टिप्पणीकर्ता अर्चना थापाले उपन्यासले नर्कलाई रमणीय बनाएको उल्लेख गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell