PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

भूलवस ८ सय ५८ जनालाई अमेरिकाको नागरिकता!



पहिलोपोस्ट

वासिङ्टन : अमेरिकी प्रशासनले कम्तिमा ८ सइ ५८ जना विदेशीलाई ‘भूलबस’ नागरिकता प्रदान गरिन पुगेको सोमबार अमेरिकी होमल्यान्ड सेकुरिटी परीक्षणले बताएको छ।
 
यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने केही विदेशीमा सम्बन्धित देशबाट सुरक्षाका कारण वा छलकपट गरी आप्रवासी शरणार्थीको रुपमा अमेरिकामा बसोबास गर्दै आएका मानिसहरुसमेत परेको बताइएको छ।
 
यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने विदेशीहरुको नाम नखुलाए पनि इन्सपेक्टर जनरल रोथका संपरीक्षकहरुले यस्ता विदेशीहरु अमेरिकाको सुरक्षाका लागि चुनौती हुने गरेका बताएका छन्।
 
उनीहरु कुन मुलुकबाट अमेरिका प्रवेश गरेका भन्ने सम्बन्धमा भने गोप्य राखिएको छ। रासस/एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell