PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

​कसैले चाहेर पनि स्थानीय तहको निर्वाचन रोकिन्न : मन्त्री पाण्डे



पहिलोपोस्ट

नगरकोट : सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन्।
 
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षतकारमा उनले भने, “स्थानीय निकायको निर्वाचन तोकिएकै समयमा हुन्छ, यदि तोकिएको समयमा स्थानीय तहका साथै अन्य निर्वाचन नभए त्यसले संवैधानिक सङ्कट निम्त्याउछ।”
 
मन्त्री पाण्डेले संविधान परिवर्तनशील भएकाले जनताको आवश्यकताअनुरुप संशोधन गर्दै हरेक नेपालीलाई आफ्नो संविधान भएको महसुस गराउनेतर्फ वर्तमान सरकार लागि परेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणले नेपाल र भारतबीच देखिएको असमझदारी हटाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले नेपालभित्र देखिएको राजनीतिक अस्थिरतालाई सही बाटोतर्फ लैजान प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण रद्द भएको स्पष्ट पारे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell