PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

चीन जोड्ने चालु एकमात्र सडक आजबाट खुल्ने



पहिलोपोस्ट

रसुवा : गत भदौ २७ गतेदेखि अवरुद्ध स्याफ्रु–टिमुरे सडकखण्डमा पहिरो पन्छाउने कार्य ९० प्रतिशत पूरा भएको छ।
 
रसुवाका प्रजिअ कृष्णप्रसाद अधिकारीका अनुसार मौसमले साथ दिएमा मङ्गलबार अपराह्नदेखि सडक पूर्णरुपमा खुल्नेछ। लिङलिङ इलाका क्षेत्रमा पहिरो खसेपछि अवरुद्ध नेपाल–चीनबीचको व्यापारिक मार्ग खोल्ने कार्यमा स्याफ्रु–मैलुङ सडक निर्माण कार्यदल र नारायण दल गणका नेपाली सेना खटेका थिए।
 
सडक अवरुद्ध भएपछि केरुङबाट सामान लिई आएका करिब २०० ट्रक कन्टेनर रोकिएका र छ करोड भन्दा बढी राजस्व नोक्सान भएको भन्सार अधिकारीले बताएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell