PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

काठमाडौं आउने रात्रिबसको टिकट मोबाइलबाटै काट्न मिल्ने, भेरी यातायातद्वारा सेवा सुरु



पहिलोपोस्ट

काठमाडौं आउने रात्रिबसको टिकट मोबाइलबाटै काट्न मिल्ने, भेरी यातायातद्वारा सेवा सुरु

काठमाडौं : काठमाडौं आउने टिकट इन्टरनेटबाटै काट्न सकिने भएको छ। बस टिकट सेवा डट कम र भेरी यातायात प्रालिबीच ईटिकेटिङ गर्ने सम्झौता भएको छ।
 
सम्झौतापत्रमा बस टिकटका प्रबन्ध निर्देशक मखन श्रेष्ठ, बजार प्रबन्धक निश्चल भुजेल र भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरिले हस्ताक्षर गरेका छन्।
 
भेरी यातायात प्रालिले बर्दिया शान्तिबजार, नेपालगन्जदेखि काठमाडौंको रुटमा रात्रि बस सञ्चालन गर्छ। कम्पनीले केही दिनमै एन्ड्रोइड मोबाइल एप पनि सञ्चलानमा ल्याउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell