PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

पानीमा डुबेर भक्तपुरमा दुई बालकको मृत्यु



पहिलोपोस्ट

भक्तपुर : पोखरी र घरमा बनाइएको भूमिगत पानी ट्यांकीमा डुबेर भक्तपुरमा दुई बालकको ज्यान गएको छ।
 
काभ्रेपलाञ्चोक मङ्गलटार घर भई हाल भक्तपुर नगरपालिका–४ नागपोखरी बस्दै आएका जङ्गे तामाङका दुई वर्ष चार महिनाको छोरा अनिल नजिकैको पोखरीमा डुबेका थिए।  उपचारका क्रममा उनको सिद्धिस्मृति अस्पतालमै निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए।
 
त्यसैगरी भक्तपुर नगरपालिका–३ कमलविनायकस्थित राजन चित्रकारको निर्माणाधीन एकतले घरको भुइँतलामा बनाइँदै गरेको भूमिगत पानी ट्यांकीमा डुबेर एकादशी प्याथका पाँच वर्षीय छोरा आर्यनको मृत्यु भएको छ। प्रहरीका अनुसार उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा उनको निधन भएको विष्टले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell