PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

विद्यालयमा 'बम आतंक'पछि प्याब्सन महासचिव भन्छन्- 'विद्यालय बन्द हुँदैनन्, प्रतिकार गर्छौं'



पहिलोपोस्ट

विद्यालयमा 'बम आतंक'पछि प्याब्सन महासचिव भन्छन्- 'विद्यालय बन्द हुँदैनन्, प्रतिकार गर्छौं'

काठमाडौं : राजधानीका विभिन्न विद्यालयमा 'बम' जस्तो वस्तु राखी आतंक फैलाउने विद्यार्थी संगठनको प्याब्सनले भर्त्सना गरेको छ।
 
प्याब्सनले शान्ति क्षेत्र मानिने विद्यालयमा विद्यार्थीको मनोविज्ञानमै असर पार्ने गरी आतंक फैलाउनेलाई तत्काल कारबाही गर्न सरकारसँग माग पनि गरेको छ।

'भन्नलाई विद्यार्थीको हकहितको लागि भन्ने अनि तिनै विद्यार्थी संगठनले विद्यालयमा बम राख्दै हिँड्ने?' प्याब्सनका महासचिव डिके ढुंगानाले आक्रोश पोखे, 'हामी यस्ता विद्यार्थी संगठनको भर्त्सना र विरोध गर्छौं।' विद्यालय शान्ति क्षेत्र भएकाले यसलाई त्रासित बनाउन नपाइने समेत उनले बताए।
 
महासचिव ढुगांनाले सरकारसँग सुरक्षाको माग गरेका छन्। त्रास फैलाउने  विद्यार्थी संगठनविरुद्ध विद्यालय सञ्चालन गरेर देखाउने समेत उनले बताए।
 
'आज राजधानीका सबै विद्यालय खोल्नु भनेका छौं र सबै विद्यालयमा पठनपाठन सुचारु छ,' उनले पहिलोपोस्टसँग भने।
 
विद्यालय परिसरमा बम आतंक फैलिएपछि प्याब्सन, एन प्याब्सन र हिसानको आकस्मिक बैठक बसिरहेको छ। बैठकले आतंक फैलाउनेलाई कडा कारबाही र सुरक्षाको माग गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell