PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

राष्ट्रिय आविष्कार केन्द्रलाई गायक प्रमोद खरेलले दिए एक लाख २० हजार



पहिलोपोस्ट

राष्ट्रिय आविष्कार केन्द्रलाई गायक प्रमोद खरेलले दिए एक लाख २० हजार

काठमाडौं : म्यागासेसे पुरस्कार विजेता तथा सामाजिक अभियन्ता महावीर पुनको आविष्कार केन्द्र निर्माण अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन्। 

उनले क्यानडास्थित टोरोन्टोमा बस्ने नेपालीहरुबाट उठाएको एक लाख २१ हजार ४२५ रुपैयाँ उनको अभियानका लागि प्रदान गरे। गायक खरेल गत अगस्टमा क्यानडामा नेपलिज क्यानेडियन कम्युनिटी सर्भिसेजले आयोजना गरेको ‘हिमालयन मेला’मा सहभागी हुन गएका थिए।

'त्यही अवसरमा फ्यानहरुसँग सानो सांगीतिक  जमघटको आयोजना गरेको थिएँ,’ उनले भने, ‘त्यहाँ महावीरको अभियानका लागि सहयोग गर्न अपिल गरे। र, सहयोग संकलन भयो।’
 
महावीरले सहयोग रकम लिँदै अभियानमा कलाकारले पुर्यागइरहेको सहयोगको प्रशंसा गरे। ‘कलाकारका धेरै प्रशंसक हुन्छन्। उहाँहरुमार्फत धेरै सहयोग जुट्न सक्छ। अझै धेरै सहयोग गर्नुहुनेछ भन्नेमा म आशावादी छु,’ उनले भने।

गायक खरेलले उनको अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। ‘यो सुरुवात मात्र हो,’ उनले भने, ‘सांगीतिक टुरका लागि विदेश जाँदा म अभियानका लागि सहयोग गर्न अपिल गरिरहनेछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell